Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

 काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामाः विश्वकै चौथो प्रदूषित सहर

 काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामाः विश्वकै चौथो प्रदूषित सहर

अर्थ प्लस
 काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामाः विश्वकै चौथो प्रदूषित सहर

काठमाडौं ।  राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । काठमाडौँ बिहीबार बिहान विश्वकै प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा पुगेको हो । आईक्यू एयरको तथ्याङ्क अनुसार काठमाडौँ  नेपालको वायुको गुणस्तर अस्वस्थ रहेको छ । 

हाल यहाँ हावाको एक्यूआई १८८ रहेको छ । यहाँको हावामा पीएम २.५ को अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २१.७ गुणा बढी रहेको छ । विश्वकै प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका रहेको छ । दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा अफगानिस्तानको काबुल सहर छ । भारतको राजधानी नयाँ दिल्ली काठमाडौँपछि पाँचौँ स्थानमा रहेको छ ।

सम्बन्धित समाचार