Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

पाकिस्तानको एक सैन्य चौकीमा आत्मघाती आक्रमण, १० सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानको एक सैन्य चौकीमा आत्मघाती आक्रमण, १० सुरक्षाकर्मीको मृत्यु

अर्थ प्लस
पाकिस्तानको एक सैन्य चौकीमा आत्मघाती आक्रमण, १० सुरक्षाकर्मीको मृत्यु


काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाहमा रहेको एक सैन्य चौकीमा आत्मघाती आक्रमण हुँदा १० सुरक्षाकर्मीको मृत्यु भएको छ । बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा केही सैनिक घाइते भएका छन् ।

बीबीसी उर्दुका अनुसार सैन्य चौकी रहेको भवनमा विस्फोटक पदार्थले बोकेको एक गाडी विष्फोट भएको थियो । उक्त भवन पहिले मदरसा थियो । पछि सुरक्षा चौकी बनाइएको थियो ।

पकस्तिानी प्रहरी अधिकारीले सुरक्षा चौकीमा भएको आत्मघाती आक्रमणमा कम्तिमा पनि १० सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । आक्रमणमा परी मृत्यु हुनेमा एक प्रहरी र नौ सैनिक रहेका छन् ।

उक्त आक्रमणबारे पाकिस्तानी सेनाका तर्फबाट अहिलेसक्म कुनै बयान सार्वजनिक भएको छैन । तर, खैबर पख्तुनख्वाहका मुख्यमन्त्री सोहेल अफ्रिदीले आत्मघाती आक्रमणको निन्दा गरेका छन् ।

सम्बन्धित समाचार