Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

क्यानडालाई पराजित गर्दै न्यूजिल्याण्ड सुपर आठमा प्रवेश

क्यानडालाई पराजित गर्दै न्यूजिल्याण्ड सुपर आठमा प्रवेश

अर्थ प्लस
क्यानडालाई पराजित गर्दै न्यूजिल्याण्ड सुपर आठमा प्रवेश


काठमाडौं । न्यूजिल्याण्ड भारत र श्रीलंकामा जारी आइसिसी टी–२० विश्वकपको सुपर आठमा प्रवेश भएको छ । ऊ क्यानडलाई ८ विकेटले पराजित गर्दै सुपर आठमा प्रवेश भएको हो ।क्यानडाले दिएकोे १ सय ७४ रनको लक्ष्य न्यूजिल्याण्डले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । क्यानडाको भने यो लगातार तेस्रो हार हो ।

उसका लागि ग्लेन फिलिप्सले अविजित ७६, रचिन रविन्द्रे ५९ र फिन आलेनले २१ रनको योगदान दिए । क्यानडाका लागि साद बिन जफर र डिलोन हेलिगरले एकरएक विकेट लिए ।त्यसअघि जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७३ रन बनायो ।

उसका लागि युवराज सम्राले सानदार शतकीय पारी खेले । उनले ६५ बलमा ११ चौका र ६ छक्काको मद्दतमा १ सय १० रन बनाए । त्यस्तै, कप्तान दिलप्रीत बाजवाले ३६, नवनीत धालिवालले १० रन बनाए ।न्यूजिल्याण्डका लागि काइल जेमीसन, म्याट हेनरी, ज्याकब डफी र जिमी निशमले एकरएक विकेट लिए ।

 

सम्बन्धित समाचार