Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

रास्वपामा असन्तुष्टि बढ्दो, अर्की संस्थापक सदस्य भुर्तेल तथा मधेश प्रदेशकी संस्थापक सभापति शर्माद्वारा पार्टी परित्याग

रास्वपामा असन्तुष्टि बढ्दो, अर्की संस्थापक सदस्य भुर्तेल तथा मधेश प्रदेशकी संस्थापक सभापति शर्माद्वारा पार्टी परित्याग

अर्थ प्लस
रास्वपामा असन्तुष्टि बढ्दो, अर्की संस्थापक सदस्य भुर्तेल तथा मधेश प्रदेशकी संस्थापक सभापति शर्माद्वारा पार्टी परित्याग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संस्थापक सदस्य तथा गत आम निर्वाचनकी प्रत्यक्षतर्फकी उम्मेदवार खेम कुमारी भुर्तेल  (उर्मिला) साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी छिन् । उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेकी हुन्  । 

राजीनामा पत्रमा उनले लेखेकी छिन्– 'म रास्वपाको संस्थापक सदस्य २०७९ सालको प्रत्यक्ष महिला  ११ जना उम्मेदवारमध्ये मधेस प्रदेशको एक्लो महिला उम्मेदवार । आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्‍याउँदै आएकी छु। तर पार्टी विधि विधान विपरीत चाप्लुसीवाद र आर्थिक वादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाई नारामा मात्र सीमित राखेको छ। जिम्मेवारी ग्रहण गर्नुपर्ने ठाउँमा बेवास्ता गरिएको, पार्टीभित्र भ्रष्टाचार बढेको र आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु।'

भुर्तेलले भनेकी छिन्– 'सङ्गठनमा दिनरात खटिएका क्षमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्याङ्कन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच आउने परिस्थिति बनेको छ। पार्टी सङ्कटमा पर्दा पार्टी बनाउन मैले गरेका योगदानहरू पार्टी पङ्क्ति र आम  नागरिकहरूलाई पनि जानकारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेर म नागरिकहरूसँग जबाफदेहिता हुन नसक्ने कारण यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।'

यस अघि रास्वपाको उम्मेदवारी चयनमा असन्तुष्टि जनाउँदै प्रणय शम्शेर जबराले पार्टी परित्याग गरेका थिए । आज (बुधबार) मात्रै मधेश प्रदेशकी संस्थापक सभापति रहेकी ममता शर्माले पनि पार्टी छाडेकी छिन् । 

सम्बन्धित समाचार