Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

अर्थ प्लस
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौँ, असार २३ । साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रूपैयाँले बढेको  हो । शुक्रबार १ लाख ४४ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज  १ लाख ४५ हजार ४ सय  रूपैयाँमा कारोवार भइरहेको छ । 

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसैगरी, चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज भने  १ हजार ८ सय ९० रूपैयाँ निर्धारण भएको छ ।

सम्बन्धित समाचार