Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

अर्थ प्लस
नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं, साउन २३  नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ।

दुर्घटनास्थलमा हेलिकप्टर जलेको अवस्थामा भेटिएको स्थानीयले बताएपछि अहिले प्रहरी त्यहाँ पुगीसकेको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ ।  उनीहरुमध्ये चार जना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार