Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढ्दा सस्तियो चाँदी

सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढ्दा सस्तियो चाँदी

अर्थ प्लस
सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढ्दा सस्तियो चाँदी

काठमाडौं, साउन २४  पछिल्लो दुई दिनदेखि घटिरहेको सुनको ओरालो यात्रामा ब्रेक लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुन बिहीबार तोलामा ३ सय रुपैयाँले बढेको हो । 

नेपाली बजारमा आज बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।

यता, चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हाजर ७ सय १० रुपैयाँमा कारोबार भइरहेको चाँदीलाई आज १ हजार ६ सय ९० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । 

सम्बन्धित समाचार