Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

अर्थ प्लस
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं, साउन २४ जापानमा ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहीबार दिउँसो मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको बताइएको छ । 

शक्तिशाली भूकम्प गएसँगै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको एड्भाइजरी जारी गरेको जापानका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

मियाजाकी, कोची, ओइटा, कागोशिमा र इह्मी प्रिपेक्चरहरूमा सुनामी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरिएको हो। 

त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई समुन्द्र किनारबाट टाढा रहन अनुरोध गरिएको छ। 

सम्बन्धित समाचार