Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

विद्युत् प्राधिकरणका पुन र आचार्यलाई नहटाउन सर्वोच्चको आदेश

विद्युत् प्राधिकरणका पुन र आचार्यलाई नहटाउन सर्वोच्चको आदेश

अर्थ प्लस
विद्युत् प्राधिकरणका पुन र आचार्यलाई नहटाउन सर्वोच्चको आदेश

काठमाडौं, साउन २४  सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई सञ्चालक समिति सदस्यबाट बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको छ। 

सर्वोच्च अदालतका न्यायाधीश सुनील पोखरेलको एकल इजलासले पुन र आचार्यलाई बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको हो।

पुन र आचार्यले आफूहरूलाई नहटाउन र ऊर्जामन्त्रीले नियुक्त गरेका दुई सञ्चालकको नियुक्ती खारेज गर्न माग गर्दै सर्वोच्चमा रीट हालेका थिए।

ऊर्जा मन्त्री दीपक खड्काले गत साउन १८ गते पुन र आचार्यलाई बर्खास्त गरी उनीहरूको ठाउँमा पूर्वऊर्जा सचिव देवेन्द्र कार्की र विद्युत् विकास विभागका पूर्वमहानिर्देशक महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेका थिए।

प्राधिकरण सञ्चालक समिति बैठकमा पुन र आचार्यले लाइन काटिएका ६ उद्योगमा पुन लाइन काट्ने निर्णयप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेपछि ऊर्जा मन्त्रालयले ग साउन १५ गते स्पष्टीकरण सोधेको थियो। उनीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्री खड्काले मन्त्रीस्तरीय निर्णय गरी बर्खास्त गरेका थिए।

सम्बन्धित समाचार