Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, कुन देशको मुद्रालाई कति ?

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, कुन देशको मुद्रालाई कति ?

अर्थ प्लस
अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, कुन देशको मुद्रालाई कति ?

काठमाडौं, साउन २५  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज शुक्रबार डलरको भाउ हालसम्मकै महँगो भएको छ । पछिल्लो केही दिन निरन्तर बढीरहेको अमेरिकी डलरको भाउ आज पनि बढेको हो । 

बिहीबार एकको खरिदमा १३४ रुपैयाँ ०४ पैसा र बिक्रीमा १३४ रुपैयाँ ६४ पैसा रहेको अमेरिकी डलरको भाउ आज बढेर एकको खरिद दर १३४ रुपैयाँ ०५ पैसा र बिक्री दर १३४ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

यता, युरोपियन युरोको भाउ पनि बढेको छ। यसअघि एकको खरिद दर १४६ रुपैयाँ ४८ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ। 

यसैगरी, अष्ट्रेलियन डलरको भाउ पनि घटेको छ । आज एकको खरिदमा ८७ रुपैयाँ ८५ पैसा र बिक्रीमा ८८ रुपैयाँ २४ पैसा कायम भएको छ ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९५ पैसा तोकिएको छ । यता, जापानिज येनको भाउ पनि बढेको छ । 

यसअघि १० को खरिद मूल्य ९ रुपैयाँ १८ पैसा र बिक्री मूल्य ९ रुपैयाँ २२ पैसा रहेको छ। यसैगरी, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ६९ पैसा र बिक्रीमा १८ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा तोकिएको छ । 

मलेसियन रिंग्गिट एकको खरिदमा २९ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३० रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९ रुपैयाँ ७९ पैसा पर्नेछ । 

त्यस्तै, कुवेती दिनार एकको खरिद दर ४३८ रुपैयाँ १९ पैसा र बिक्री दर ४४० रुपैयाँ १५ पैसा कायम गरिएको छ। 

विस्तृतमा हेर्नुस् 

Binimaya.JPG

सम्बन्धित समाचार