Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

तोलामा १५ सय बढ्यो सुनको मूल्य

तोलामा १५ सय बढ्यो सुनको मूल्य

अर्थ प्लस
तोलामा १५ सय बढ्यो सुनको मूल्य

काठमाडौं, साउन २५ नेपाली बजारमा शुक्रबार पहेंलो धातु सुनको मूल्य थप बढेको छ । यो दिन तोलामा १ हजार ५०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ६०० रुपैयाँमा कायम थियो ।

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७३० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ६९० रुपैयाँ कायम  थियो ।  

यसैगरी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २६ हजार ९७० रुपैयाँ तोकेको  छ ।  त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४८३ रुपैयाँ छ ।

सम्बन्धित समाचार