Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

अर्थ प्लस
यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

काठमाडौँ, साउन २८  कालिमाटी तरकारी बजारमा आज सबै प्रकारको गोलभेडाको मूल्य बढेको छ । प्रतिकिलो गोलभेडामा २१.६७ रुपैयाँ बृद्धि भएको छ ।आइतबार प्रतिकिलो ७५ रुपैयाँमा बिक्री भएको ठूलो गोलभेडा सोमबार ९६.६७ रुपैयाँमा बिक्री भएको छ । यस्तै स्वदेशी सानो गोलभेडाको मूल्यमा पनि २५ रुपैयाँ बृद्धि भएको छ । 

आइतबार प्रतिकिलो ३० रुपैयाँमा बिक्री भएको सानो गोलभेडा सोमबार ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै टनेलको सानो गोलभेडाको मूल्यमा प्रतिकिलो २२.५० पैसा बढेको छ । आइतबार प्रतिकिलो ४२.५० रुपैयाँमा बिक्री भएको टनेलको गोलभेडा सोमबार ६५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै गाजरको मूल्य पनि बढेको छ । सोमबार गाजरमा ३१ रुपैयाँ बढेको छ । आइतबार प्रतिकिलो ८५ रुपैयाँमा कारोबार गरेको गाजर सोमबार ११६ प्रतिकिलोमा बिक्री भएको छ ।त्यसैगरी आइतबारको तुलनामा बन्दाको मूल्य पनि बढेको छ । बन्दामा प्रतिकिलो १० रुपैयाँ बढेको छ । आइतबार प्रतिकिलो ६५ रुपैयाँमा बिक्री भएको बन्दा सोमबार ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

आइतबारको तुलनामा ब्रोकाउलीमा निक्कै मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार प्रतिकिलो ब्रोकाउलीमा ७६ रुपैयाँ घटेको छ । आइतबार प्रतिकिलो २२६.६७ रुपैयाँमा बिक्री भएको ब्रोकाउली सोमबार प्रतिकिलो १५० रुपैयाँमा बिक्री भएको हो ।यस्तै रातो आलु ६७.५०, मुढे रातो आलु ५७.५०, सेतो आलु ५३.५०, प्याज ९६, स्थानीय काउली ६५, ज्यापु काउली ११०, सेतो मुला २५, लाम्चो भान्टा ४५ र तने बोडी ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यस्तै घिउ सिमी ९०, टाटे सिमी ८५, तिते करेला २९, लौंका ४६, परवर ७५, चिचिण्डो ४६।६७, घिरौला ४०, झिगुनी ६६.६७, पाकेको फर्सी ६५, हरियो डल्ले फर्सी ८५, भिण्डी ४०, पिडालु ८६.६७, स्कुस ५५, रायो साग ९६.६७, कन्ये च्याउ १६४, डल्ले च्याउ २९६, राजा च्याउ २९०, भेडे खुर्सानी ५५, अदुवा २१० र लसुन २१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

सम्बन्धित समाचार