Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आज अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्दा सस्तियो कुवेती दिनार, कति पुग्यो ?

आज अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्दा सस्तियो कुवेती दिनार, कति पुग्यो ?

अर्थ प्लस
आज अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्दा सस्तियो कुवेती दिनार, कति पुग्यो ?

काठमाडौँ, साउन २९   नेपाल राष्ट्र बैङ्कका अनुसार मङ्गलबार (आज) अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढेको  । सोमबार एकको खरिदमा १३४ रुपैयाँ ०४ पैसा र बिक्रीमा १३४ रुपैयाँ ६४ पैसा रहेको अमेरिकी डलरको भाउ आज दुई पैसा बढेको हो ।

आज अमेरिकी डलर एकको खरिद मूल्य १३४ रुपैयाँ ०६ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ६६ पैसा पुगेको छ ।

यसैगरी युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ४१ पैसा र बिक्री दर १४७ रुपैयाँ ०६ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४७ पैसा तोकिएको छ । 

त्यस्तै, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ६७ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ११ पैसा, जापानिज येन १० को खरिद दर ९ रुपैयाँ ०८ पैसा र बिक्री दर ९ रुपैयाँ १२ पैसा र चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । 

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ९३ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा र कुवेती दिनार एकको खरिदमा ४३७ रुपैयाँ ६२ पैसा र बिक्रीमा ४३९ रुपैयाँ ५८ पैसा पर्नेछ । 

Binimaya.JPG

 

सम्बन्धित समाचार