Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ प्लस
घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं, भदौ ४ । घरेलु बजारमा सुनको भाउ मंगलबार पनि घटेको छ। यो दिन सुनको मूल्य तोलमा १०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेर १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबारभएको थियो।गत आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँ थियो। यो मूल्य नेपाली बजार हालसम्मकै उच्च हो।

यो दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर तोलामा १ हजार ८२० रुपैयाँका कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ १ लाख ३० हजार ४९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५६०.५० रुपैयाँ कायम गरेको छ ।

सम्बन्धित समाचार