Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

बुधबार, भदौ ५, २०८१
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुनको मूल्यले भदौ २ गतेको उच्च मूल्यको रेकर्ड तोडेको हो । भदौ २ गते एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा छापावाल सुन ८०० रुपैयाँले बढेको हो । मंगलबार एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार एक हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार