भारतको धितोपत्र बजारको नियामक निकाय सेक्यूरिटीज एण्ड एक्स्चेञ्ज बोर्ड अफ इण्डिया (सेबी) ले उद्योगपति अनिल अम्बानीसहित २५ जना व्यक्ति तथा कम्पनीलाई कडा कारबाही गरेको छ ।
साथै उसले शेयर कारोबार गर्न रोक लगाउनुका साथै उनीहरुलाई जनही २५ करोड भारतीय रुपया(भारु) जरिवाना पनि गरेको छ ।सेबीले उद्योगी अनिल अम्बानीसहित रिलायन्स होम्स फाइनान्सका केहि पदाधिकारी तथा अन्य कम्पनीलाई पनि पाँच वर्षसम्म धितोपत्र बजारको दोस्रो बजारमा कारोबार गर्न बन्देज लगाएको छ ।
सेबीले अम्बानीलाई २५ करोड भारु जरिवाना गरेको छ। सेबीले उनलाई आगामी पाँच वर्षसम्म सेबीमा सूचीकृत कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक समितिमा बस्न वा महत्त्वपूर्ण पदमा रहन नपाउने निर्णय पनि गरेको भन्दै भारतीय टेलिभिजन च्यानल आजतक ले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।
यसका साथै सेबीले उक्त कम्पनीको दोस्रो बजारमा आगामी छ महिनासम्म कारोबार पनि रोक्का गरेको छ । यतिमात्र नभएर उसले कम्पनीमाथि ६ लाख भारु जरिवाना पनि गरेको छ । सेबीले अनुसन्धानको क्रममा अम्बानीसहितका पदाधिकारीले उक्त कम्पनीबाट अनधिकृत रुपमा ऋणको नाममा अरु कम्पनीमा ऋण प्रवाह गरेको खुलासा भएपछि यो कडा कदम चालेको हो ।
वित्त वर्ष २०१८/१९ मा सेबीले कम्पनीमाथि अनुसन्धान गरेको थियो । साथै उसले कम्पनीबाट संस्थापकहरु संलग्न रहेका अन्य कम्पनीमा ऋण प्रवाह भएको र रकम भुक्तानीमा समेत कैफियत देखिएको बताएको छ ।
सेबीले कम्पनीका पूर्व प्रमुख अधिकारी अमित बापना, रविन्द्र सुधालकर, पिंकेश आर शाहलाई जरिवाना गरेको छ । सेबीले अनिल अम्बानीलाई २५ करोड भारु,बापनालाई २७ करोड भारु, सुधालकरलाई २६ करोड भारु,शाहलाई २१ करोड भारु जरिवाना गरेको छ ।
यसका अतिरिक्त रिलायन्स यूनिकर्न इन्टरप्राइजेज,रिलायन्स एक्सचेञ्ज नेक्स्ट एलटी, रिलायन्स कमर्सियल फाइनान्स, रिलायन्स क्लिनजेन, रिलायन्य ब्रोडकाष्ट न्यूज होल्डिंग्स तथा रिलायन्स बिग इन्टरटेन्मेन्ट प्रालिलाई पनि जनहि २५ करोड भारुका दरले जरिवाना गरेको छ ।
सेबीले अम्बानीको कम्पनीबाट के थाहा पायो ?
अनुसन्धानको क्रममा आफ्नो २२२ लामो पेजको अन्त्यमा सेबीले अनिल अम्बानीले रिलायन्स होम फाइनान्सका प्रमुख व्यवस्थापकको सहयोगमा कम्पनीबाट रकम निकाल्नको लागि धोकाधडी योजना बनाएका थिए । जसमा ऋण प्रवाहको नाममा अरु कम्पनी देखाइएको थियो ।
तर कम्पनीले यसरी ऋण प्रवाह गर्न नहुने बारेमा भने समयमै सचेत गराएको थियो । कर्पोरेट कानून, ऋणको नियमित समीक्षा भइरहेको समयमा पनि व्यवस्थापन पक्षले यी आदेश र कानूनलाई उपेक्षा गरेको पाइएको छ ।यसमा ग्रूप चियरम्यान हुनुको नाताले अम्बानीले सम्पूर्ण कानून र निर्देशनलाई उपेक्षा गर्दै हस्तक्षेप गरेर कृत्रिम रुपमा ऋण प्रवाह गरेका थिए । एजेन्सीहरु
