Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आजको फलफूल तथा तरकारीको बजार मूल्यः ह्वात्तै बढ्यो हरियो लसुनको भाउ

आजको फलफूल तथा तरकारीको बजार मूल्यः ह्वात्तै बढ्यो हरियो लसुनको भाउ

अर्थ प्लस
आजको फलफूल तथा तरकारीको बजार मूल्यः ह्वात्तै बढ्यो हरियो लसुनको भाउ

काठमाडौं, भदौ ९ । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो लसुनको भाउ ह्वात्तै बढेको छ ।  हिजो १८० रुपियाँमा किनबेच भएको लसुन किलोमा १४६ रुपियाँले बढेर ३२६ रुपियाँ कायम भएको छ । 

त्यस्तै, धनिया भने ७४ रुपियाँ सस्तो भएको छ । आज प्रतिकिलो २२६ रुपियाँ तोकिएको धनिया अघिल्लो दिन ३०० रुपियाँ थियो । त्यस्तै, छ्यापी पनि ४९ रुपियाँ सस्तिएर प्रतिकिलो २२६ रुपियाँ कायम भएको छ । 

यसदिन लोकल गोलभेंडा ३१, आलु ५४, भन्टा ४०, तनेबोडी ७५, लौका ५५, चिचिन्डो ३५, लौका ५५, डल्ले च्याउ र कुरिलो ३२६, ब्रोकाउली १६६ र पार्सले १२५० रुपियाँमा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

सम्बन्धित समाचार