Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ

अर्थ प्लस
यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ

काठमाडौं, भदौ १३ । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज भिन्डी, करेला, च्याउलगायतको मूल्य बढेको छ । आजका लागि भिन्डीको भाउ ४५ रुपियाँ किलो तोकिएको छ । हिजो भने ३५ रुपियाँमा बिक्री भएको थियो । किलोमा १० रुपियाँले बढेको छ ।  त्यसैगरी अघिल्लो प्रतिकिलो ५५ रुपियाँ रहेको करेला पनि १० रुपियाँ नै बढेर ६५ रुपियाँ कायम भएको छ । 

यसदिन डल्ले च्याउ भने किलोमा १२ रुपियाँले बढेको छ । हिजो ४१४ मा खरिदबिक्री भएको डल्ले च्याउ आज ४२६ रुपियाँ पुगेको हो । कालिमाटीमा आज लोकल गोलभेंडा २७, गाजर ९५, टाटे सिमी १२५, चिचिन्डो ३५, झिगुनी ५५, पिँडालु ७५, हरियो प्याज १९०, ब्रोकाउली १७६, सेलरी ३७६, गुन्द्रुक २७६ र अदुवा प्रतिकिलो १९० रुपियाँमा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

सम्बन्धित समाचार