Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्रालाई कति ?

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्रालाई कति ?

अर्थ प्लस
आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्रालाई कति ?

काठमाडौं, भदौ १३ । आज बिहीबार पनि अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो केही दिनयता अमेरिकी डलर महँगिदै गएको हो । 

बुधबार एक डलरको बिक्री मूल्य १३४ रुपैयाँ ५९ पैसा रहेको अमेरिकी डलरको भाउ बढेर आज १३४ रुपैयाँ ६३ पैसा पुगेको छ । 

त्यस्तै, एक अमेरिकी डलरको खरिद मूल्य १३३ रुपैयाँ ९९ पैसा रहेकोमा आज बढेर १३४ रुपैयाँ ०३ पैसा कायम गरिएको छ । 

यसैगरी, युरोपियन युरो एकको खरिद दर १४९ रुपैयाँ १२ पैसा र बिक्री दर १४९ रुपैयाँ ७८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रुपैयाँ ९६ पैसा र बिक्रीमा ९१ रुपैयाँ ३७ पैसा तोकिएको छ । 

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३७ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ २८ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ३२ पैसा पर्नेछ । 

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९४ पैसा तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

binimaya.JPG

 

सम्बन्धित समाचार