Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

अर्थ प्लस
सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

काठमाडौं, भदौ १४ । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो । 

बिहीबार प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ रहेकोमा आज घटेर प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा झरेको हो । 

बिहीबार हालसम्मकै उच्च मूल्य बनाएको सुनको भाउ आज भने घटेको हो । 

यता, चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय २० रुपैयाँ मात्रै पर्नेछ ।

सम्बन्धित समाचार