Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अमेरिकी डलर, युरोदेखि कतारी रियालसम्मको मुद्राको भाउ बढ्दा घट्यो जापानिज येन, यस्तो छ विनिमय दर

अमेरिकी डलर, युरोदेखि कतारी रियालसम्मको मुद्राको भाउ बढ्दा घट्यो जापानिज येन, यस्तो छ विनिमय दर

अर्थ प्लस
अमेरिकी डलर, युरोदेखि कतारी रियालसम्मको मुद्राको भाउ बढ्दा घट्यो जापानिज येन, यस्तो छ विनिमय दर

काठमाडौँ, भदौ १८ । मङ्गलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलर एकको बिक्री मूल्य १३४ रुपैयाँ ५८ पैसा पुगेको छ । 

सोमबार भने अमेरिकी डलर एकको १३४ रुपैयाँ ४९ पैसा मात्रै तोकिएको थियो। त्यसैगरी एक अमेरिकी डलरको खरिदमा १३३ रुपैयाँ ८९ पैसा रहेकोमा आज बढेर १३३ रुपैयाँ ९८ पैसा पुगेको छ । 

यता, युरोपियन युरोको भाउ पनि बढेको छ । यसअघिद्ध एकको खरिदमा १४७ रुपैयाँ ९१ पैसा र बिक्रीमा १४८ रुपैयाँ ५८ पैसा रहेको युरोको भाउ बढेर आज खरिदमा १४८ रुपैयाँ २६ पैसा र बिक्रीमा १४८ रुपैयाँ ९२ पैसा पुगेको हो । 

 त्यस्तै, युके पाउन्ड स्टर्लिङको भाउ भने सामान्य बढेको छ । यसअघि एकको खरिदमा १७५ रुपैयाँ ८० पैसा र बिक्रीमा १७६ रुपैयाँ ५९ पैसा तोकिएको युके पाउन्ड स्टर्लिङलाई आज खरिदमा १७५ रुपैयाँ ९८ पैसा र बिक्रीमा १७६ रुपैयाँ ७६ पैसा पर्नेछ । 

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७६ पैसा र बिक्रीमा ९१ रुपैयाँ १७ पैसा पर्नेछ । अष्ट्रेलियन डलरको भाउ पनि सोमबारको तुलनामा बढेको हो । क्यानेडियन डलर पनि बढेर एकको खरिद मूल्य ९९ रुपैयाँ २६ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ ७१ पैसा पुगेको छ । 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १३ पैसा र बिक्रीमा ९ रुपैयाँ १७ पैसा तोकिएको छ । अन्य मुद्राको भाउ बढ्दा जापानिज येन भने कमजोर बनेको छ । 

साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८६ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

binimaya.JPG

 

सम्बन्धित समाचार