Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

जाडो मौसमको प्रकोपबाट गाडी सुरक्षित राख्न तीन दिनसम्म सुजुकीको विन्टर फ्री सर्भिस

जाडो मौसमको प्रकोपबाट गाडी सुरक्षित राख्न तीन दिनसम्म सुजुकीको विन्टर फ्री सर्भिस

अर्थ प्लस
जाडो मौसमको प्रकोपबाट गाडी सुरक्षित राख्न तीन दिनसम्म सुजुकीको विन्टर फ्री सर्भिस

अर्थ प्लस
बुधवार, पौष २५ २०८०
काठमाडौँ र नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले ‘विन्टर फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

कम्पनीले जाडो मौसममा गाडी सुरक्षित राख्न तीन दिनसम्म अर्थात आउँदो पुस २४  देखि २६  गतेसम्म ‘विन्टर फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको हो ।

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले, हामीले यसमा ध्यान पुर्याउन अत्यन्त जरुरी हुन्छ,  सुजुकी ग्राहकलाई  यो बिषयमा जानकारी गराउन र उहाँहरूको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन हुन लागेको कम्पनीले जनाएको छ ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै  ग्राहकहरूले  लक्की ड्रमार्फत वर्षभरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जित्नु सक्नुहुनेछ

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसीर हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुहुनेछ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उहाँहरूले ५० प्रतिशत छुट  पाउनुहुनेछ, पाट्र्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनुहुनेछ भने लेवर चार्जमा पनि २० प्रतिशत छुट पाउनुहुनेछ ।

सुजुकीको विन्टर सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

सम्बन्धित समाचार