Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सभापोखरी हाइड्रोपावरको आईपीओमा कति रकमको प्रत्याभूति गर्दैछ गरिमा क्यापिटल ?

सभापोखरी हाइड्रोपावरको आईपीओमा कति रकमको प्रत्याभूति गर्दैछ गरिमा क्यापिटल ?

अर्थ प्लस
सभापोखरी हाइड्रोपावरको आईपीओमा कति रकमको प्रत्याभूति गर्दैछ गरिमा क्यापिटल ?

काठमाडौँ / गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति (अन्डरराइटिङ) सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार सभापोखरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागेको कुल १० लाख ७५ हजार कित्ता साधारण शेयरको प्रत्याभूति गरिमा क्यापिटल लिमिटेडले गर्नेछ। प्रतिकित्ता १०० रुपैयाँका दरले उक्त शेयरको कुल रकम १० करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ।

२०८३ साल असोज २८ गते बुधबार गरिमा क्यापिटल लिमिटेडको कमलपोखरीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। गरिमा क्यापिटल लिमिटेडका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदी र सभापोखरी हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सभापोखरी हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित आयोजना संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नं. ३ मा अवस्थित ५ मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत आयोजना हो। उक्त आयोजना २०८१ माघमा निर्माण सम्पन्न भई ३३ केभी प्रसारण लाइनमार्फत टुम्लिङटार सबस्टेशन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। संस्थाले लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसेज–पीएमएस), निक्षेप सदस्य सेवा (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी), धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, गरिमा म्युचुअल फण्ड व्यवस्थापनसहित डिपोजिटरी सेवा, धितोपत्र शेयर रजिस्ट्रेशन तथा संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ।

गरिमा क्यापिटलका सम्पूर्ण सेवाहरू ग्राहकसमक्ष पुर्‍याउन गरिमा विकास बैंकका शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ। आफ्ना सेवाहरूलाई अझ परिष्कृत र ग्राहकमैत्री रूपमा प्रवाह गर्न विभिन्न नवीनतम प्रविधिको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि संस्थाले व्यक्त गरेको छ।

सम्बन्धित समाचार