काठमाडौं, साउन १७ । डिजिटल वालेट ईसेवाले दिनमा तीन पटकभन्दा बढी रकम पठाउँदा शुल्क लिने भएको छ । कम्पनीले बिहीबार एक सूचनामार्फत यस्तो व्यवस्था शुरु भएको बताएको छ ।
व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआर कोडमार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था भएकाले सोही बमोजिम पीटुपी (व्यक्तिदेखि व्यक्तिको अकाउन्टमा रकम पठाउने काम) भुक्तानीका लागि शुल्क लाग्ने व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।
यी बाहेक सबै सेन्ड मनी कारोबार प्रतिकारोबार १० रुपैयाँ सेवा शुल्क लागू हुने पनि सूचनामा उल्लेख छ ।
हेर्नुहोस सूचना :
