Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

शेयर बजारमा सीमित ब्यक्तिको चलखेल, लगानीकर्ताको मोटो रकम फस्ने अवस्था छः महत

शेयर बजारमा सीमित ब्यक्तिको चलखेल, लगानीकर्ताको मोटो रकम फस्ने अवस्था छः महत

अर्थ प्लस
शेयर बजारमा सीमित ब्यक्तिको चलखेल, लगानीकर्ताको मोटो रकम फस्ने अवस्था छः महत

काठमाडौं, साउन २१ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारमा आएको अस्वभाविक वृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बजार केहि ब्यक्तिको चलखेलको मारमा परेको बताए । उनले भने, ‘शेयर बजारमा केही संस्थाको मूल्य आस्वभाविक रूपमा बढेको छ । यसप्रति सरकार र नियामक निकायको ध्यानाकर्षण गराउन चहान्छु । केही व्यक्तिको चलखेलको मारमा सेयर बजार र कारोबार परेको छ । यसले आमलगानीकर्ताको ठूलो रकम सेयर बजारमा फस्ने सम्भावना बढी भएको छ ।’

उनले सेयर मार्केटमा गति देखिए पनि ‘बुलिस ट्रेन्ड’ हुनुलाई सहज र स्वाभाविक रूपमा लिन नसकिने बताए । यसमा चलखेलकर्ताको हात रहेको भन्दै उनले बजार ‘म्यानुपेलसन’ हुने सम्भावना बढी भएको टिप्पणी गरे ।

पूर्वअर्थमन्त्री महतले केही व्यक्तिको ‘इन्साइडर ट्रेडिङ’का कारण आमलगानीकर्ता फस्ने सम्भावना बढ्दै गएको बताए । ‘केही व्यक्तिहरूले चलखेल गर्ने इन्साइडर ट्रेडिङ भन्छन्, त्यो किसिमको सूचनामा प्रवेश प्राप्त गरेर दुरुपयोग गर्ने र आमलगानीकर्ताले यसमा लगानी गर्दा फाइदा हुन्छ भनेर ठूलो लगानी गर्ने अनि आमलगानीकर्ता फस्ने अवस्था निर्माण हुन सक्दछ’ उनले भने ।

 

सम्बन्धित समाचार