Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

सनराइज म्युचुअल फण्डका दुई योजनाको प्रतिफल घोषणा

सनराइज म्युचुअल फण्डका दुई योजनाको प्रतिफल घोषणा

अर्थ प्लस
सनराइज म्युचुअल फण्डका दुई योजनाको प्रतिफल घोषणा

काठमाडौं, साउन २५ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले प्रतिफल घोषणा गरेका छन् ।

यस अन्तर्गत सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरुले करसहित १२.५ प्रतिशत प्रतिफल र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरुले करसहित ४.५ प्रतिशथ प्रतिफल पाउने भएका छन् ।

योजना व्यवस्थापकको साउन २४ गते बसेको सञ्चालक समितिको १४५ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि करसहित इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

यी दुबै फण्ड लक्ष्मी सनराइज क्यापिटको व्यवस्थापनमा सञ्चालनमा छन् ।

सम्बन्धित समाचार