काठमाडौँ, साउन २७ । सिटिजन्स क्यापिटलको अठारौं वार्षिक साधारण बोलाएको छ । क्यापिटलआफ्नो अठारौं वार्षिक साधारण सभा भाद्र १७ गते ज्ञानेश्वरस्थित एटिक मिटिङ्ग हलमा विहान ११ बजे आह्वान गरेको हो। सभामा चुक्ता पूँजीको १५.५० प्रतिशतका दरले ३ करोड १० लाख रुपैयाँ नगद लाभांश (लाभांश कर समेत) पारित गरिने क्यापिटलले जनाएको ।
सभाले आ.व. २०८१\८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। त्यस्तै, सभामा आ।व। २०८०र८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सानीको हिसाब, र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसका आधारमा ५ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन पाउनेछन्।
https://www.arthalagani.com/news/28166.html/
