Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

लामो समय टिक्ने ब्याट्री भएको अनर एक्स-सिक्स-बी नेपालभर उपलब्ध

लामो समय टिक्ने ब्याट्री भएको अनर एक्स-सिक्स-बी नेपालभर उपलब्ध

अर्थ प्लस
लामो समय टिक्ने ब्याट्री भएको अनर एक्स-सिक्स-बी नेपालभर उपलब्ध

काठमाडौँ, साउन २८ । सेलट्रोन नेपालले आफ्नो बजेट फोन अनर X6b सार्वजनिक गरेको छ। अगस्ट १२ देखि नेपालभर उपलब्ध अनर X6b मा आफ्नो ट्यागलाइन ‘अख्खा ब्याट्री, अख्खा फिचर्स’जस्तै लामो समयसम्म चल्ने ब्याट्री जीवन, उच्च स्टोरेज, उन्नत एआई क्यामेरालगायतका सुविधाहरू रहेका कम्पनीले बताएको छ।

एकल चार्जमा दुई दिनसम्मको दैनिक प्रयोगको सुविधा दिँदै स्मार्टफोनको मूल भागमा पावर-कुशल मिडियाटेक हेलियो  G85 लाई पावर गर्न ठूलो ५२०० एमएएच ब्याट्री राखिएको छ। यो फोन ३५ वाट अनर सुपरचार्ज प्रविधिसँग सुसज्जित छ।

प्रयोगकर्ताहरूले एकै ट्यापमा टर्बो चार्जिङ मोड सक्रिय गर्न सक्नेछन्। १ हजार चार्ज साइकलपछि पनि ब्याट्रीले चार वर्षको भरपर्दो सेवाको बराबर आफ्नो क्षमताको ८० प्रतिशत कायम राख्ने कम्पनीको दाबी छ।

अनर X6b मा १२८ जिबीको उच्च स्टोरेज छ, जसमा अनर र्‍याम टर्बो टेक्नोलोजी छ। यसले फ्ल्यास मेमोरीको एक भाग प्रयोग गरेर उपलब्ध र्‍यामलाई ६ जिबीदेखि १२ जिबीसम्म प्रभावकारी रूपमा दोब्बर बनाउँछ।

अनर X6bमा ५० एमपी मुख्य क्यामेरा, ५ एमपी फ्रन्ट क्यामेरा छ। साथै एआई इन्टेलिजेन्ट रिकग्निसनले स्वचालित रूपमा मुख्य विषय पहिचान गर्छ र पृष्ठभूमिमा हुने अवरोधहरू हटाउँछ, जसले प्रयोगकर्ताहरूलाई सहज रूपमा सफा, केन्द्रित तस्बिर खिच्न सजिलो बनाउँछ।

अनर ह्टद स्टेरी पर्पल, मिडनाइट ब्ल्याक र फरेस्ट ग्रिन तीन रंगमा उपलब्ध छ। यो फोनको मूल्य (६+१२८) भेरियन्टका लागि १६ हजार ९९९ रुपैयाँ छ भने ग्राहकहरूले यसलाई अफलाइन रिटेल स्टोरहरू वा दराज र हुकुट स्टोरहरूजस्ता अनलाइन प्लेटफर्महरूमार्फत पनि किन्न सक्नेछन्।

सम्बन्धित समाचार