काठमाडौँ, साउन ३० । रिलायन्स फाइनान्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ।
गत साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं वार्षिक साधारण सभा बोलाएको हो ।सभा आगामी भदौ २० गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजेदेखि शुरु हुने छ ।
सभाले पीईभीसी (भेन्चर क्यापिटल) तथा सामूहिक लगानी कोषको संस्थापक शेयरमा लगानी गर्ने, बुक विल्डिङसमेतको कार्य गर्ने व्यवस्था थप गरि कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने र अन्य कुनै उपयुक्त बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।त्यसैगरी,सभाले आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तथा आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी भदौ ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
