Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

अर्थ प्लस
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

सोमवार, भदौ १० २०८१
काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २ लाख १५ हजार ३५५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ३९ हजार ६८३ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी र ७५ हजार ६७२ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । सर्वसाधारण लगानीकर्ताहरूले यी शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यस्तै, विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुलाइएको शेयरका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा पेस गर्नुपर्नेछ । विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उल्लेखित शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

सम्बन्धित समाचार