Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
विचार

बैंकहरुको नाफा घटेकोमा चिन्ता गर्नु पर्ने अवस्था छैन, प्रोभिजनिङको कारणले प्रफिट घटेकाे हाे पछि रिकभरि हुन्छः गभर्नर अधिकारी

बैंकहरुको नाफा घटेकोमा चिन्ता गर्नु पर्ने अवस्था छैन, प्रोभिजनिङको कारणले प्रफिट घटेकाे हाे पछि रिकभरि हुन्छः गभर्नर अधिकारी

बैंकहरुको नाफा घटेकोमा चिन्ता गर्नु पर्ने अवस्था छैन, प्रोभिजनिङको कारणले प्रफिट घटेकाे हाे पछि रिकभरि हुन्छः गभर्नर अधिकारी

काठमाडौँ ,१० माघ- बैंकहरुको नाफा घटेकोमा चिन्ता गर्नु पर्ने आस्था नरहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। बुधवार राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा गभर्नर अधिकारी सो कुरा बताएका हुन्।

बैंकको नाफा घटेको छ। तर त्यो प्रोभिजनिङका कारणले घटेको उनले बताए । भोलि प्रोभिजनिङको रकम बैंकमा नै फर्किने भएकोले त्यसमा चिन्ता गर्नु पर्ने अवस्था छैन। “बैकहरुको प्रोफिट्याविलिटि घटेको छ। तर त्यो घटेको प्रफिट अधिकांश प्रोभिजनिङको कारणले हो” अधिकारीले भने।

अहिले आर्थिक गतिविधि शिथिल रहेकोले रिकभरिमा समस्या रहेको अधिकारीको जिकिर थियो। आर्थिक अवस्था शिथिल भएपनि तथ्य र तथ्याङ्कले सपोर्ट नै गरिरहेको अधिकारीले दाबी गरे। उनले दाबी मात्रै गरेनन्, सुधार भएको अवस्थालाई हेरेर नै राष्ट्र बैंकले नीतिहरू खुकुलो बनाउँदै गएको बताए। “अहिले आर्थिक शिथिलता भइरहेको अवस्थामा केही रिकभरिमा समस्या भएपनि अन्य तथ्य र तथ्याङ्कहरूले हामीलाई सपोर्ट गरेको अवस्था छ। राष्ट्र बैंकले सुधार हुँदै गएको अवस्थामा अरू नीतिहरूलाई पनि सहज बनाउँदै लगेको छ,” अधिकारीले भने।

तरलता बढ्दै गएको, रिजर्भ राम्रो हुँदै गएको अवस्थामा समेत कर्जाको माग नआएको प्रति लक्षित गर्दै अधिकारीले भने, ”क्रेडिटको डिमाण्ड क्रमशः बढ्ला भन्ने अपेक्षा हामीले राखेका छौ। त्यही हिसाबले हाम्रा पोलिसि रेट पनि घटाएका छौ।”

घट्दै गएको बेस रेटलाई हेर अधिकारीले आउने दिनमा कर्जाको ब्याजदर एकल अंकमा आउने बताए। “अहिले बेस रेट घट्दो क्रममा छ। आउने दिनमा अहिले नै १० प्रतिशतमा कर्जा प्रवाह गर्नु पर्ने अवस्था आइसकेको छ। अधिकांश वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर सिङ्गल डिजिटमा जाने जस्तो देखिइसकियो,” अधिकारीले भने।

सम्बन्धित समाचार