Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

सिटी एक्सप्रेस मनी ट्रान्सफरको दशैं–तिहार लक्षित उपहार योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरको दशैं–तिहार लक्षित उपहार योजना सार्वजनिक

अर्थ प्लस
सिटी एक्सप्रेस मनी ट्रान्सफरको दशैं–तिहार लक्षित उपहार योजना सार्वजनिक

मंगलवार, असोज १ २०८१

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । १८ वर्ष प्रवेश गरेको अवसरमा आफ्ना ग्राहकसंग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म सञ्चालन हुने “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा” उपहार योजना घोषणा गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।

उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टीभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही ५०० सय रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजना रहेको सिटी एक्सप्रेसले जनाएको छ।

यो योजना १ असोजदेखि ३० मंसिरसम्म लागु हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार