Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

अर्थ प्लस
एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

काठमाडौँ, असोज ९ । एनसेल फाउन्डेसनले झापाको बिर्तामोड नगरपालिका–५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ । प्रदेशस्तरमा सञ्चालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत फाउन्डेसनले गत हप्ता उक्त शिविरको आयोजना गरेको हो ।  

यस निःशुल्क शिविरमा १२० जनाभन्दा बढी  स्थानिय महिलाहरुको सहभागिता थियो । सहभागिमध्ये ९० जनाभन्दा बढिले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएका थिए । नेपाल क्यान्सर फाउन्डेसन र पुर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनद्वारा आयोजना गरिएको यो पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविर एक कोशेढुङ्गा सावित भएको कम्पनीले जनाएको छ ।  

पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमाहुने क्यान्सरहरु मध्ये पहिलो स्थानमा पर्दछ । सन् २०२२ मामात्रै २ हजार १६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाईएको थियो भने यस रोगको कारण १ हजार ३१३ जनाले आफ्नो ज्यान गुमाएका थिए ।

शिविरमा आएकी बिर्तामोड नगरपालिका– ५ कीशोभा ठाकुरले भनिन्, ‘यहाँ पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङको लागिशिविर बस्दै छ भनेर थाहा पाएर साथीहरु पनिलिएर आएँ । आफ्नो स्वास्थ्यको कुरा खुलेर भन्न नसक्दा मेरो सासु ब्रेस्ट क्यान्सर भएको तेस्रो स्टेजमा मात्र थाहा भएकोले बित्नु भयो । आफ्नो स्वास्थ्य छ त छोरा, छोरी संसार सबै हुन्छ ।’

त्यसैगरी बेलबारी–५, मोरङबाट शिविरमाआएकी टिका गौतम कोइरालाले भनिन्, ‘यो जीवन लिने डर लाग्दो रोग रहेछ । यसलाई समयमा नै उपचार गर्यो भने बाँच्न सकिन्छ त्यसैले मौका पाएकीले यहाँशिविरमाआएकीहुँ । सचेत हुनपाईयो भने यो रोगबाट मुक्तहुन पाइन्छ त्यसैले यो स्क्रिनिङ टेस्ट एकदमै जरुरी छ ।’

एनसेल फाउन्डेसनले कोशी प्रदेशमा ६ हजार भन्दा बढी महिलाहरुको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ ।  

सम्बन्धित समाचार