Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय

एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय

अर्थ प्लस
एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय

काठमाडौँ, असोज ९ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय गरिएको छ ।  

एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको यो योजनाका इकाईधनीहरुलाई गत आव २०८०÷८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।  

योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलले यो योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी असोज १६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।

क्यापिटलले एनआईबिएल ग्रोथ फण्डका लागि ६.३५ प्रतिशतका दरले हुन आउने रकम ८ करोड ३८ लाख २० हजार रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार