Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक

डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक

अर्थ प्लस
डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक

मंगलवार, असोज १५ २०८१
काठमाडैं । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन जडान गर्ने र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ।

यो अफर योजनाअन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक प्याकेजमा थप तीन महिना बोनस मिल्नेछ । यस अफरले ग्राहकका लागि थप फाइदा प्रदान गर्दै १२ महिनाको प्याकेज लिँदा तीन महिना निःशुल्क इन्टरनेट पाउने अवसर मिल्ने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत आकर्षक उपहार जित्न सक्ने र हप्तामा १२ भाग्यशाली विजेताले डीएचआई होम अपलायन्स, Itel A60s स्मार्टफोन, MiVi DuoPods T20 Earbuds र डिशहोम फोरके स्ट्रिमर लगायत उपहार मिल्ने कम्पनीले जनाएको छ ।

यसबाहके बम्पर लक्की ड्र अन्तर्गत एक विजेताले डीएचआई होम अपलायन्सेसको फ्रन्ट लोड वासिङ मेसिन जित्नसक्ने कम्पनीले जनाएको छ । यस्तै, अन्य उपकरणमा ४० प्रतिशतसम्मको छुट, MiVi DuoPods मा ५४ प्रतिशतसम्म छुट र FireBoltt स्मार्ट वाचमा ७० प्रतिशतसम्म विशेष छुट मिल्ने कम्पनीले जनाएको छ ।

यी अफर पाउन ग्राहकले डिशहोम इन्टरनेटको तीन महिना वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ । नयाँ कनेक्सन लिने वा रिचार्ज गर्दा लक्की ड्रमा सहभागी हुन मिल्ने कम्पनीको भनाइ छ । कम्पनीले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकको आवश्यकता सम्बोधन गर्न अफर ल्याएको जनाएको छ ।

सम्बन्धित समाचार