Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता, सूचना प्रविधि, वित्तीय क्षेत्रदेखि पर्यटनसम्ममा रुचि

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता, सूचना प्रविधि, वित्तीय क्षेत्रदेखि पर्यटनसम्ममा रुचि

अर्थ प्लस
नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता, सूचना प्रविधि, वित्तीय क्षेत्रदेखि पर्यटनसम्ममा रुचि

बिहिवार, असोज १७ २०८१
श्रमिक गन्तव्यको रूपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तिय संस्था सम्बद्ध सेवाहरू, जलविद्युत, पर्यटनलगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरूको रूचि देखिएको छ ।

“यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन्,” कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने, “हामी थप लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्नेछौँ ।’

नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्ष स्तरिय वैठकमा अध्यक्ष थानी र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न वैठकमा आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको हो ।

कतारका अमीर सेख तमीम बिन हमाद अल थानीको गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।

काउन्सिलको पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ आफ्नो नेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ ।

त्यसलगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राखे । आगामी बर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि बैठकमा भयो । बैठकमा अध्यक्ष ढकालले नेपालमा बाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरूमा गरिएको सुधारले लगानीको अवसर जुटदै गएको बताए ।

साथै, उनले कतारका लगानीकर्ताहरूलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप बिकास लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आव्हान गरे ।

यसैगरी, कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता पनि जनाए । 

सम्बन्धित समाचार