Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

एनएमबि क्यापिटलको १७ प्रतिशत लाभांश घोषणा, साधारणसभा पनि आह्वान

एनएमबि क्यापिटलको १७ प्रतिशत लाभांश घोषणा, साधारणसभा पनि आह्वान

अर्थ प्लस
एनएमबि क्यापिटलको १७ प्रतिशत लाभांश घोषणा, साधारणसभा पनि आह्वान

काठमाडौं । एनएमबि क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीलाई करसहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले १४औं वार्षिक साधारणसभा बोलाएको छ ।

सभा कात्तिक ३० गते होलिडे इन एक्सप्रेस नक्साल काठमाडौंमा दिउँसो ४ बजेदेखि शुरु हुनेछ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नुका साथै गत आवमा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको ६० हजार ९१५ रुपियाँ पनि पारित गर्नेछ ।

 

 

 

 

 

 

 

सम्बन्धित समाचार