Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

निफ्राले उर्जा ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त

निफ्राले उर्जा ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त

अर्थ प्लस
निफ्राले उर्जा ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त

काठमाडौँ , कात्तिक १ । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र (२०८८/८९) जारी गर्ने भएको छ । वार्षिक ६ प्रतिशत ब्याजदरमा बैंकले ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो ।

बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त गरेको छ । बिहीबार एक समारोहकाबीच बैंकका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात निष्काशन गरिने कूल ऋणपत्रको ६० प्रतिशत ऋणपत्र संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारण लगानी कर्ताहरुका लागि सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ । 

सम्बन्धित समाचार