Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

अरुण भ्याली हाइड्रोपावरको साधारण सभा आज, यस्ता छन् एजेन्डा

अरुण भ्याली हाइड्रोपावरको साधारण सभा आज, यस्ता छन् एजेन्डा

अर्थ प्लस
अरुण भ्याली हाइड्रोपावरको साधारण सभा आज, यस्ता छन् एजेन्डा
काठमाडौं, कात्तिक १४ । आज अरुण भ्याली हाइड्रोपावरको साधारण सभा बस्दै छ। सभा होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
 
सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित ३ प्रतिशत बोनस शेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।
 
 सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत रहेको छ ।
 
साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते बुक क्लोज गरिसकेकोले कात्तिक ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।

सम्बन्धित समाचार