काठमाडाैं, मंसिर ११ । ‘जाडोको पल न्यानो हरपल’ भन्ने नाराका साथ जाडो यामलाई लक्षित गर्दै नेपालकै सबैभन्दा ठुलो र नं. १ ब्राण्ड सिजीले आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ ।
जाडो बढेसँगै आफु र आफ्नो परिवारजनलाई न्यानो अनुभूति गराई रहन सिजीको हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, ए.सि. इत्यादि प्रोडक्टहरु बजारमा उपलब्ध गराइए कम्पनीले जनाएकाे छ ।
जाडो मौसममा तातो पानी पिउन सिजी र सिजी मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानी तातो राख्नलाई थर्मस तथा भ्याकुम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ ।
त्यसैगरी सिजीद्वारा बजारमा उपलब्ध गराइआएको ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरी जाडोमा पनि तातो रहन सहज बनेको छ ।
साथै, मोटरमा १० वर्षको वारेन्टि भएको सिजीको वासिब मेसिनले पनि जाडोमा लुगा धुन, धोएको कपडा छिटै सुकाउन मद्दत पुर्याउने कम्पनीले जनाएकाे छ । सिजी र सिजी मेरिडियाको गिजरको प्रयोग गरी तातो पानीले नुहाउँदा आनन्द महसुस हुनका साथै एसिको प्रयोग गरी न्यानो रहन पनि सहज हुने भएको छ ।
सिजीले आफना विन्टर प्रोडक्ट्सहरु, जस्तै, वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्याँस गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टी दिँदै आएको छ ।
