Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

नागरिक लगानी कोषका सबै शाखाबाट आवास र सरल कर्जा पाइने

नागरिक लगानी कोषका सबै शाखाबाट आवास र सरल कर्जा पाइने

अर्थ प्लस
नागरिक लगानी कोषका सबै शाखाबाट आवास र सरल कर्जा पाइने

काठमाडौं, मंसिर १७ । नागरिक लगानी कोषका सहभागीहरुले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरुबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ । कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको कोषले जनाएको छ ।

योभन्दा अघि सबै शाखा कार्यालयहरुले आवास र सरल कर्जा स्वीकृतिको लागि कर्जाको कागजपत्र केन्द्रीय कार्यालयमा पठाउनु पर्ने व्यवस्था थियो । नयाँ व्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नै उपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्ने अपेक्षा कोषले गरेको छ।

त्यसैगरी, कोषले सहभागीहरूलाई बचत रकमको ९० प्रतिशतसम्म ऋण सापटी दिन सकिने व्यवस्था गरेको छ । यसअघि यस्तो सापटीको सीमा सहभागीको नाममा जम्मा रहेको बचत रकमको ८० प्रतिशतसम्म थियो ।

सम्बन्धित समाचार