Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेपाल टेलिकमको साधारणसभा सम्पन्न

नेपाल टेलिकमको साधारणसभा सम्पन्न

अर्थ प्लस
नेपाल टेलिकमको साधारणसभा सम्पन्न

काठमाडाैं। नेपाल टेलिकमको वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज टेलिकमको १७औं वार्षिक साधारणसभा काठमाण्डौको राष्ट्रियसभा गृहमा सम्पन्न भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफा रकममध्येबाट प्रतिसेयर ३० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारण सभामा करिब ९१.६२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारमसान्तको वासलात, नाफा नोक्सानहिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरुमाथि छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैगरी, साधारण सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०८१/८२ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र प्रकाशजंग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारण सभामा उपस्थित सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको १७औं वार्षिक प्रतिवेदन पेश गरेका थिइन् । प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिष्पर्धि वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्चप्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदा झैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाईबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरिरहेको बताइन् ।

समीक्षा अवधिमा कम्पनीको २ करोड ३० लाखभन्दा बढी सन्तुष्ट ग्राहक पुगेको उल्लेख गर्दै अध्यक्ष अर्यालले भनिन्, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बीच कम्पनीले कुल रु ४२ अर्ब ११ करोड आम्दानी गरी रु ६ अर्ब २३ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कवापत आफ्नो कूल आयमध्ये ४१ अर्ब ५९ करोड राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएको छ ।’

सम्बन्धित समाचार