Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेपाल क्लियरिङ हाउसको वार्षिक साधारणसभा सम्पन्न

नेपाल क्लियरिङ हाउसको वार्षिक साधारणसभा सम्पन्न

अर्थ प्लस
नेपाल क्लियरिङ हाउसको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, पुस २९ । नेपाल क्लियरिङ हाउस लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौंमा आइतबार सम्पन्न साधारण सभाले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर गरी २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै बैठकले लेखापरीक्षण प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ ।

साधारण सभामा प्रस्तुत प्रतिवेदन अुनसार एनसीएचएलको चुक्ता पूँजी १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० रुपैयाँ बराबरको हुनेछ भने अधिकृत पूँजी वृद्धि गरी २ अर्ब २५ करोड पुर्‍याउन स्वीकृत गरेको छ ।

आव २०८०/८१ मा कम्पनीबाट फर्छ्योट भएका कारोबारहरूको संख्या ५४ प्रतिशतले वृद्धि भएको उल्लेख छ । जसबाट कम्पनीको खुद नाफा ६.२ प्रतिशतले वृद्धि भएको छ । सोही आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणाली मार्फत कुल १५६ खर्ब बराबरको १२ करोड ६ लाख भुक्तानी कारोबार राफसाफ भएको जनाइएको छ ।

सम्बन्धित समाचार