Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

फोनपे पेमेण्ट सर्भिसको साधारण सभा, लाभांश प्रस्ताव पारित

फोनपे पेमेण्ट सर्भिसको साधारण सभा, लाभांश प्रस्ताव पारित

अर्थ प्लस
फोनपे पेमेण्ट सर्भिसको साधारण सभा, लाभांश प्रस्ताव पारित

मंगलवार, माघ १ २०८१
काठमाडौँ । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २९ गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा कम्पनीको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

उक्त सभामा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिएको थियो ।

त्यस्तै, फोनपेको सेयरधनीहरूलाई असार मसान्तमा कायम रहेको चुक्तापूँजीको १०.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ । साथै, आ.व. २०८१/८२ को लेखापरीक्षकको लागि N.B.S.M. & Associates लाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार