काठमाडाैं, माघ २ । स्मार्टफोन विश्वबजारको अग्रणी ब्रान्ड भिभोले नयाँ भिभो भि४० सिरिजको साथ नवप्रवर्तन र ग्राहक केन्द्रित दृष्टिकोण प्रस्तुत गर्दै उत्कृष्टताको नयाँ युगको सुरुवात गरेको छ । भिभो भि३० सिरिजको अभूतपूर्व सफलतालाई कायम राख्दै, यो सिरिज अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनसँगै उपभोक्तालाई एक अद्भुत स्मार्टफोन अनुभव प्रदान गर्दछ।
शून्य प्रतिशत ब्याजदरमा एक वर्षसम्म ० प्रतिशत ईएमआई सुविधाको साथमा भिभोले अत्याधुनिक प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धतालाई अझै बलियो बनाएको छ । भिभो भि४० नेपालको पहिलो जाइस् क्यामेरा स्मार्टफोन हो, जसमा ५० मेगापिक्सलको जाइस् ओआईएस मेन क्यामेरा, इमर्सिभ ६.७८ इन्चको एमोलेड डिस्प्ले, र १२० हर्जको रिफ्रेस रेटजस्ता शक्तिशाली फिचरहरू छन्। क्वालकम स्न्यापड्रैगन ७ जेन ३ र १२+१२ जीबीको एक्सटेन्डेड र्यामले सिमलेस मल्टिटास्किङ र उत्कृष्ट प्रदर्शनको सुनिश्चित गर्दछ ।
यो स्मार्टफोन ८० वाट फ्ल्यास चार्ज र ५५०० एमएएच ब्याट्रीसँग सुसज्जित छ, जसले दिनभरको पावर र कनेक्टिभिटी सुनिश्चित गर्दछ। साथै, यसको आईपी ६८/६९ रेटिङले धुलो र पानीको प्रतिरोध प्रदान गर्दछ। निलो र सेतो मिसावटले चन्द्रमा जस्तै चम्किलो सेतो र बैजनी रङको नेबुला पर्पल, यी दुई आकर्षक रङहरूमा उपलब्ध यो उपकरणले सौन्दर्य र कार्यक्षमताको अद्वितीय संयोजन प्रस्तुत गर्दछ । जसले उपभोक्ताहरूलाई सहजै मोहित पार्दछ ।
भिभो भि४० लाईटले, स्टाइल र बजेट सचेत उपभोक्ताहरूका लागि, अत्याधुनिक एआई–आधारित फिचरहरू र उच्च प्रदर्शनको संयोजन गरेको छ। यसको ६.६७ इन्चको एमोलेड स्क्रिन र एआई–पोट्रेट फिचरले फोटोहरूलाई विशेष बनाउँछ। साथै, ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्जले यसको प्रदर्शनलाई अझ सशक्त बनाउँछ।
टाइटेनियम सिल्भर र एमराल्ड ग्रिन जस्ता स्टाइलिश रङहरूमा उपलब्ध, भिभो भी४० लाईटले किफायती र गुणस्तर बिचको सही सन्तुलन प्रदान गर्दछ, जसले यसलाई मध्य–दायरामा उत्कृष्ट विकल्प बनाउँछ ।
भिभो भि४० सिरिज नेपालका आधिकारिक रिटेल स्टोरहरू र दराजमा उपलब्ध छ र ० प्रतिशत ईएमआई सुविधासहित, भिभोले नवप्रवर्तनलाई सबैका लागि सहज र पहुँचयोग्य बनाएको छ ।
अब तपाईंको स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पुर्याउन भिभो भि४० सिरिज उत्कृष्ट विकल्प हो ।
