Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेपालको व्यापार घाटा १२३ मुलुकसँग

नेपालको व्यापार घाटा १२३ मुलुकसँग

अर्थ प्लस
नेपालको व्यापार घाटा १२३ मुलुकसँग

काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल ९ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत पुस मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ।

गतआर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालू आवको सोही अवधिमा आयात सात प्रतिशत र निर्यात ३१ दशमलव ७८ प्रतिशतले बढेको छ। त्यस्तै, व्यापार घाटा चार दशमलव ३८ प्रतिशतले बढेको छ।

गत आवको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालू आवको सोही अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको योगदान दुई दशमलव ०१ प्रतिशतले घटेर ८९ दशमलव २८ प्रतिशत कायम भएको छ।

नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग व्यहोरेको छ। पछिल्लो छ महिना अवधिमा भारतबाट पाँच खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा ७३ अर्ब ७१ करोड १२ लाख बराबरको निर्यात गरेको छ। जसअनुसार यो अवधिमा भारतसँगको मात्र व्यापार घाटा चार खर्ब २९ अर्ब १४ करोड रुपैयाँ बराबर छ।

त्यस्तै, चालु आवको पुस मसान्तसम्ममा चीनसँग एक खर्ब ५८ अर्ब ६२ करोड र अर्जेन्टिनासँग २२ अर्ब ६२ करोड रुपैयाँको व्यापार घाटा व्यहारेको छ।

नेपालले एक सय २३ मुलुकसँग व्यापार घाटा व्यहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा बेहोरेको छ। नेपालले गर्ने वैदेशिक व्यापारमा बढी नाफा रहेका मुलुकमा डेनमार्क, अस्ट्रिया, रसियन फेडेरेसन, माल्दिभ्सलगायत छन्।

सम्बन्धित समाचार