Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

विदेशबाट पठाएको रकम ‘आईएमई पे’ मार्फत् लिँदा ५०० रुपैयाँ बोनस पाइने

विदेशबाट पठाएको रकम ‘आईएमई पे’ मार्फत् लिँदा ५०० रुपैयाँ बोनस पाइने

अर्थ प्लस
विदेशबाट पठाएको रकम ‘आईएमई पे’ मार्फत् लिँदा ५०० रुपैयाँ बोनस पाइने

काठमाडाैं, माघ १० । विदेशबाट ‘आईएमई पे’ मार्फत नेपाल पठाएको रकम लिँदा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने भएको छ ।

विश्वको जुनकुनै देशबाट आईएमई पे मार्फत नेपाल पठाएको पैसा लिँदा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने आईएमई पे ले जनाएको छ ।

आईएमई पेमा रकम प्राप्त गर्दा १० हजार रुपैयाँसम्ममा ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यस्तै, कारोबारको रकम अनुसार ५० हजार, एक लाख र दुई लाखसम्म क्रमशः १००, २०० र ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।

कारोबारमा संलग्न एकजनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्नेछन् । यो योजना मार्फत आईएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घरसम्मै पुग्ने विश्वासको समेत वृद्धि हुने कम्पनीले जनाएको छ ।

विदेशबाट पठाएको रकम आईएमई पे मार्फत प्राप्त गर्दा बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धिमूलक बन्न सक्ने आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए ।

सम्बन्धित समाचार