काठमाडौं, माघ १३ । डिजिटल वालेट ‘खल्ती’ले माघ १३ गते ८औं वर्ष र्ष पूरा गरेको छ । कम्पनीले ‘सेलिब्रेटिनगा जीआर८ इयर्स’ थिम राखी आफ्नो वार्षिकोत्सव मनाइरहेको छ ।
२०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविधाबाट सुरुवात भएको खल्तीको डिजिटल रूपान्तरण यात्रा २०२५ सम्म आइपुग्दा निकै नै इनोभेटिभ र उत्साहजनक देखिएको कम्पनीले जनाएको छ ।
विभिन्न युवा मैत्री मनोरञ्जन, कन्सर्ट, खेलकुद र रियालिटी सोहरूका लागि लोकप्रिय ‘खल्ती’ ईभेन्ट टिकटिङ, भोटिङ र मुभि टिकटिङ प्लेटफर्मको रूपमा अग्र स्थानमा रहेको कम्पनीको दाबी छ ।
यी वर्षहरूमा सरकारी सेवा सुविधाको डिजिटल भुक्तानीदेखि लिएर विभिन्न ग्याजेट खरिदको लागि ‘खल्ती मल’ र रेस्टुराँ देखि मनोरञ्जनको एक्सक्लुसिफ डिल रहने ‘प्लेसेस बाई खल्ती’सम्म, खल्तीले आफ्नो डिजिटल सेवा विस्तार गरेको छ । पछिल्लो समय आफ्नो प्रयोगकर्ताहरू माझ विभिन्न इन्स्योरन्स र लगानी जस्ता वित्तिय सेवाहरू ल्याएको छ ।
नेपालभर सबै नेपालीहरूका लागि वित्तीय समावेशीकरणको उद्देश्य राखी अगाडि बढिरहेको खल्तीले आफ्नो आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल नेपालको यस यात्रामा सदैव साथ दिएकोमा सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाय, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ ।
आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले माघ ७ देखि १८ गतेसम्म, हरेक सुविधालाई निश्चित समय अवधि तोकेर रु ८ मा कफी, स्वास्थ्य सुरक्षा , टपअप, मुभी अनि फ्लाइट अफर ल्याएको छ ।
जसअन्तर्गत पहिलो ८८ हजार ८८८ प्रयोगकर्ता सम्मलाई रु ८ मै कफी उपलब्ध गराइने छ ।
यस्तै, पहिलो ८ हजार ८८८ प्रयोगकर्तासम्मलाई रु ८ मै सुरक्षा मिनी नामक स्वास्थ्य बीमा प्याकेज, ८८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै रु ५०० सम्मको टपअप,८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै मुभी टिकट र ८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै फ्लाइट टिकटको व्यवस्था रहेको छ ।
