Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना जारी

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना जारी

अर्थ प्लस
समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना जारी

काठमाडौं , माघ १६ । समस्याग्रस्त घोषित तीन सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना जारी भएको छ।

बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ललितपुरको सुमेरु र काठमाडौँका लालीगुराँस तथा नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई ऋण चुक्ता गर्न समय दिएको हो।

तीन वटै समितिलाई बागमती प्रदेश सरकारले गत पुस २८ गते समस्याग्रस्त घोषणा गरेको थियो । समितिले तीनवटै सहकारी संस्थाबाट लिएको ऋण रकमको सावाँ र ब्याज मंगलबारको मितिले ३५ दिनभित्र समिति समक्ष बुझाउन भनेको छ। तोकिएको समयभित्र दायित्व राफसाफ नगर्नेलाई कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने र कालो सूचीमा राखी कारबाही गर्ने चेतावनी पनि समितिले दिएको छ ।

समितिले सोमबार तीनवटै सहकारीका सञ्चालक तथा कर्मचारीलाई सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात एवं सम्पत्ति समितिसमक्ष बुझाई कार्यालय बन्द गर्न र कुनै कारोबार नगर्न निर्देशन दिएको छ ।

सम्बन्धित समाचार