Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

एनसेल र क्यानबीच ‘महिला टी-२० आई सिरिज’का लागि सहकार्य

एनसेल र क्यानबीच ‘महिला टी-२० आई सिरिज’का लागि सहकार्य

अर्थ प्लस
एनसेल र क्यानबीच ‘महिला टी-२० आई सिरिज’का लागि सहकार्य

काठमाडौं, माघ १८ । एनसेलले नेपाल क्रिकेट संघ (क्यान)सँग ‘महिला टी–२० आई त्रिकोणात्मक सिरिज’ का लागि सहकार्य गरेको छ । बिहीबार सम्पन्न सहकार्यले नेपाली क्रिकेटप्रेमीहरूलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा कीर्तिपुरस्थित महिला प्रतिभाको विकासमा योगदान पुर्‍याउने विश्वास रहेको एनसेलले जनाएको छ ।

उक्त खेल बिहीबारदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ । यस सिरिजमा सहभागी टिमहरूले एकअर्कासँग तीन पटक प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेलमा आयोजक टिम नेपालले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

अन्य खेलहरूमा नेपालले माघ १९ मा थाइल्यान्डविरुद्ध, माघ २० मा नेदरल्यान्ड्स, माघ २२ मा थाइल्यान्ड, माघ २३ मा नेदरल्यान्ड्स र माघ २५ मा फेरि थाइल्यान्डविरुद्ध खेल्नेछ । नेपाली टिम यो सिरिजमा इन्दु बर्माको कप्तानीमा खेल्दै छ ।

सम्बन्धित समाचार